बझाङमा भरूवा बन्दुकसहित दुई जना पक्राउ

बझाङ- बझाङमा भरूवा बन्दुकसहित दुई जना पक्राउ परेका छन् । बित्थडचिर गाउँपालिका-१ बस्ने ४१ वर्षीय पूर्णबहादुर बोहरा र ३९ वर्षीय रामबहादुर खड्का पक्राउ परेका हुन् ।

उनीहरुलाई सोही वडाको बित्थडखोलाबाट १ थान भरूवा बन्दुकसहित मंगलबार पक्राउ गरिएको प्रहरीले बताएको छ । प्रहरी चौकी बित्थडबाट खटिएको प्रहरीले दुबै जनालाई उक्त बन्दुकसहित पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

You might also like