कञ्चनपुर, २९ असार
बेलौरी नगरपालिका-५ रामनगर बस्ने ३५ वर्षीय हरीलाल रानाको करेन्ट लागेर
मंगलबार राति मृत्यु भएको छ । सोही ठाउँस्थित माछापोखरीको लागि मोटर चलाउने
क्रममा करेन्ट लागेर अशक्त भएका उनको निसर्ग अस्पताल धनगढीमा उपचारको क्रममा
मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।