कञ्चनपुरमा धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या

कञ्चनपुर- कञ्चनपुरमा धारिलो हतियार प्रहार गरी श्रीमानले श्रीमतीको हत्यागरेका छन् ।

जिल्लाको भीमदत्त नगरपालिका–८ तिलाचौरका ४८ वर्षीय नरेन्द्रसिंह बिष्टले ३० वर्षीया श्रीमती ज्योती बिष्टको हत्या गरेका हुन्।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार ज्योतीको घाँटीमा हँसिया प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको जनाइएको छ । ज्योतीका श्रीमानलाइ नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

You might also like