२९ असार २०७९
कैलाली, गौरीगंगा नगरपालिका-९ शंकरपुरस्थित सडकमा सु.प.प्र-०१-००९ प
७८९१ नम्बरको मोटरसाइकल र से.७ प ११४७ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर
खाई मंगलबार बेलुकी दुर्घटना हुँदा से.७ प ११४७ नम्बरको मोटरसाइकल चालक कैलारी
गाउँपालिका-८ बस्ने २२ वर्षीय राम अवतार कठरियाको मृत्यु भएको छ । दुर्घटनामा
गम्भीर घाइते भएका उनको निसर्ग अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो
। साथै दुर्घटनामा घाइते भएकामध्ये १ जनाको घोडाघोडी अस्पताल सुख्खड, १ जनाको
मेडिकल कलेज कोहलपुर र १ जनाको कैलाली अस्पताल धनगढीमा उपचार भईरहेको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।