कुटपिटबाट मृत्यु, कुटपिटमा संलग्न पाँच जना नियन्त्रणमा

रूपन्देही, २९ असार
गैडहवा गाउँपालिका-१ पश्चिस बगिया बस्ने ३० वर्षीय महेश भरको कुटपिटबाट
मृत्यु भएको घटनामा संलग्न रहेको अभियोगमा उनकै बुवा ५४ वर्षीय फौदार भर समेत एकै
परिवारका ५ जनालाई मंगलबार राति प्रहरीले नियन्त्रणमा लिएको छ ।
आर्थिक लेनदेनको बिषयलाई लिएर कुटपिट हुँदा महेश भर र निजकी श्रीमती घाइते
भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय सूर्यपुराबाट खटिएको प्रहरीले
कुटपिटमा संलग्न पाँचै जनालाई नियन्त्रणमा लिएको हो । कुटपिटबाट घाइते भएका
महेशको भिम अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको थियो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

You might also like
Leave A Reply

Your email address will not be published.