झापा, २९ असार
भद्रपुर नगरपालिका-५ स्थित प्रियंका मोबाइल पसलमा चोरी भएको घटनामा
संलग्न रहेको अभियोगमा सोही नगरपालिका-५ देवीबस्ती बस्ने १८ वर्षीय किशोरलाई
बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
उक्त पसलबाट शुक्रबार राति चोरी भएको घटनाको अनुसन्धान गर्ने क्रममा ती
किशोरलाई पसलबाट चोरी भएको १ थान मोबाइल सहित प्रहरीले फेला पारी थप
अनुसन्धानको क्रममा सोही मोबाइल पसल पछाडि झाडीमा लुकाई राखेको तोडिएको ताला
१ थान, फलामको रड १ थान, चोरी भएको मोबाइलहरूको खोल, १० लिटर पेट्रोल, अमुल
जुस १९ थान, सोही नगरपालिका-५ देवीबस्तीस्थित काली मन्दिरनेर झाडीमा उक्त
पसलबाट चोरी भएको मोबाइलहरूको चार्जर २७ थान र उनको घरको पछाडी इँटामुनी
लुकाई राखेको सिक्सर/रिभल्वर पेस्तोलमा प्रयोग हुने ८० राउण्ड गोली फेला पारी बरामद
गरेको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।