अवैध रूपमा भन्सार छलि ल्याउँदै गरेको सुन र चाँदी सहित पक्राउ

रूपन्देही, २३ असार
लुम्बिनी सांस्कृतिक नगरपालिका-३ लंकापुरबाट अवैध रूपमा भन्सार छली
नेपालतर्फ ल्याउँदै गरेको २ तोला सुन र डेढ किलोग्राम चाँदी सहित भारत घर भएका ४०
वर्षीय बृजेश कुमार सुनारलाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।
यूपी ५५ आर ५०४० नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय
लुम्बिनीबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा मोटरसाइकलमा सवार बृजेशलाई उक्त
सामान र मोटरसाइकल सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

You might also like