कैलाली- कैलालीमा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।
घोडाघोडी नगरपालिका–७ करैचामा से ७ प ९११२ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा घोडाघोडी–११ का २६ वर्षीय सुमन कठरीयाको मृत्यु भएको प्रहरीले बताएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार कठरीया दुर्घटनामा परी घटनास्थलमै मंगलवार बिहान मृत अवस्थामा पाइएका थिए ।
उनको शव पोष्टमार्टमका लागि टीकापुर अस्पताल राखिएको कैलाली प्रहरीले बताएको छ।