वैदेशिक रोजगारीको प्रलोभन देखाई रकम ठगी गरेको अभियोगमा पक्राउ

२२ असार,२०७९
वैदेशिक रोजगारीमा पठाइदिने प्रलोभन देखाई रकम ठगी गरेको अभियोगमा
वीरगञ्ज महानगरपालिका-१६ डेरा गरी बस्ने छिपहरमाई गाउँपालिका-३ घर भएका ३४
वर्षीय नवलकिशोर साह कानुलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।
कानुले फ्रि टिकट फ्रि भिसामा वैदेशिक रोजगारीमा पठाइदिने प्रलोभनमा झुक्याइ
मेडिकल गर्ने बहानामा विभिन्न व्यक्तिहरूबाट २५ हजारदेखि २ लाख रूपैयाँसम्म ठगी गरी
अरू व्यक्तिको नागरिकताको प्रतिलिपिबाट आईएमई मार्फत झिकी रहेको भन्ने सूचनाको
आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
उनको साथबाट ३ लाख नेपाली रूपैयाँ, १ लाख ४८ हजार भारतीय रूपैयाँ,
आईएमई मार्फत पैसा झिकेको आईएमई कन्ट्रोल आइडी नम्बर सहितका अन्य कागजातहरू
प्रहरीले बरामद गरेको छ ।
उनीउपर जिल्ला अदालत पर्साबाट ५ दिन म्याद थप अनुमति प्राप्त गरी प्रहरीले
आवश्यक अनुसन्धान गरिरहेको छ ।

You might also like