अर्थमन्त्री जनार्दन शर्माद्वारा पदबाट राजीनामा

असार २२, २०७९

काठमाडौं अर्थमन्त्री जनार्दन शर्माले अर्थमन्त्रीको पदबाट राजीनामा दिने घोषणा गरेका छन । उनले बुधबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै सो घोषणा गरेका हुन ।

उनले बजेट निर्माणका बिषयमा भएको विवादका सन्दर्भमा छानविन गर्न गठित ११ सदस्यीय संसदीय विशेष छानबिन समितिलाई छानबिन गर्न सजिलो होस् भनी पदबाट राजीनामा दिएको घोषणा गरे ।

You might also like