कर्तव्य ज्यान तथा जवरजस्ती करणी मुद्दाका फरार प्रतिवादीहरू पक्राउ

२२ असार,२०७९
कर्तव्य ज्यान तथा जवरजस्ती करणी मुद्दाका फरार प्रतिवादीहरू बाँके नेपालगञ्ज
उपमहानगरपालिका-६ कसाईटोल बस्ने ३३ वर्षीय अच्छन अलि अन्सारी र बाँके साविक
सोनपुर गाबिस-९ ठेगाना भएका ३४ वर्षीय जोहरू भाटलाई मंगलबार प्रहरीले पक्राउ
गरेको छ ।
अच्छन अलिले आफ्नै पत्नीलाई २०७५ असार ३१ गते दाईजो कम ल्याएको कुरामा
टाउकोमा लाठी र भाला प्रहार गरी गम्भीर घाइते भएपछि २०७५ साउन २१ गते
भारतको लखनउमा उपचारको क्रममा मृत्यु भएको थियो । यसैगरी जोहरू भाट समेत २
जनाले २०७० भदौ ७ गते दिउँसो बाँके साविक सोनपुर गाविस-२ स्थित गिजरा
सामुदायिक वनमा दाउरा खोज्न गएकी महिलालाई सामूहिक जवरजस्ती करणी गरेका थिए

कर्तव्य ज्यान मुद्दामा अच्छन अलिलाई जिल्ला अदालत बाँकेबाट २० वर्ष कैद सजाय
ठहर भएको थियो भने जोहरू भाटलाई जबरजस्ती करणी मुद्दामा जिल्ला अदालत बाँकेबाट
७ वर्ष कैद र ५० हजार रूपैयाँ क्षतिपूर्तिको सजाय ठहर भएको थियो । सजाय ठहर भई
फरार रहेका उनीहरूलाई केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले बाँके
जमुनाहास्थित नेपाल-भारत सिमावर्ति क्षेत्रबाट फेला पारी पक्राउ गरेको हो ।
उनीहरूलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत बाँकेमा पेश गरिएको छ ।

You might also like