बाजुरा- बाजुरामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको ।
जिल्लाको जगन्नाथ गाउँपालिका–५ भुकाखोला नजिकै गए राति कर्णाली प्रदेशको ४८१ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा सान्नी त्रिवेणी गाउँपालिका–८ मुम्रा कालिकोटका २९ वर्षीय मोटरसाइकल चालक खेमराज बुढाको मृत्यु भएको हो ।
दुर्घटनामा मोटरसाइकलको पछाडि सवार बाजुराको जगन्नाथ गाउँपालिका–४ नाराकोटका ३७ वर्षीय खडक भण्डारी घाइते भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । घाइते भण्डारीको उपचार भइरहेको छ। मृतकको शवलाई कालिकोट पठाइएको प्रहरीले जनाएको छ।