डडेल्धुरामा स्कारपियो मा भयो आगलागी ।

२१,असार ,२०७९, डडेल्धुरा

धनगढी बाट डडेल्धुरा तर्फ गईरहेको सु.प्र.प. ०४ ००१ च ००५८ नम्बरको स्कारपियो आज भिमदत्त राजमार्ग अन्तर्गत हगुल्टे क्षेत्रमा आगलागी भई जलेर नस्ट भएको छ । भिमदत्त राजमार्ग अन्तर्गत पर्ने गन्यापधुरा गाँउपालिका को वडा नं.१ अन्तर्गत पर्ने हगुल्टे क्षेत्रमा वायरिंगको तार सर्ट भई स्कारपियोमा आगलागी भएको हो । उक्त आगललागीको खवर प्राप्त हुना साथ भातकाडा स्थित प्रहरी चौकी बाट प्रहरीको टोली गई आगोलागी नियन्त्रण गरिएको हो ।
डडेल्धुरा ट्राफिक कार्यालय, स्याउलेका सई जित बहादुर देउवाका अनुसार गाडी पूर्ण रुपमा जलेर नष्ट भए पनि कुनै मानविय क्षती भने भएको छैन । उक्त स्कारपियो डडेल्धुरा सदरमुकाम स्थित युवा व्यापारी शान्ति जोशीको रहेको बुझिएको छ ।

You might also like
Leave A Reply

Your email address will not be published.