अवैध लागूऔषधसहित विभिन्न स्थानमा पक्राउ ।

काठमाडौं, २१ असार
काठमाडौं, चन्द्रागिरी नगरपालिका १५ तिनथानाबाट ३ किलो ५ सय ग्राम अवैध
लागूऔषध गाजाँको धुलो जस्तो देखिने पदार्थ सहित सोही ठाउँ डेरा गरी बस्ने सप्तरी घर
भएको ३२ वर्षीय जिवन चौधरीलाई सोमबार साँझ प्रहरी पक्राउ गरेको छ । झोलामा
लुकाई ल्याउँदै गरेको उक्त पदार्थ सहित प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरीले फेला
पारी उनलाई पक्राउ गरेको हो ।
यसैगरी दक्षिणकाली नगरपालीका वडा नं.५ फर्पिङ बसपार्कबाट प्रतिबन्धित
लागूऔषध १ सय ९२ एम्पुल डाइजेपाम, १ सय ९९ एम्पुल नूफिन र १ सय ९९ एम्पुल
फेनारगन सहित बारा कलैया नगरपालिका वडा नं. ९ रामपुर बस्ने २४ वर्षीय ईन्ताज अन्सारीलाई
सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । कलैयाबाट काठमाडौंतर्फ आउँदै गरेको ना।१ ज
५९५८ नम्बरको टाटा सुमोलाई प्रहरीले जाँच गर्ने क्रममा सुमोमा सवार उनको झोलाबाट
उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।
उता बागलुङ नगरपालिका वडा नं.३ चिप्लेटी बसपार्कबाट नियन्त्रित लागूऔषध ९
सय १७ एम्पुल नुरफिन, ९ सय ५ एम्पुल फनारगन र ९ सय २४ एम्पुल डाइजेपाम सहित
रुपन्देही खैरेनी नगरपालिका वडा नं. ६ बस्ने ४५ वर्षीय कृष्ण प्रसाद पुरी सहित ४ जनालाई
सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । बुटवलदेखि बागलुङतर्फ जाँदै गरेको लु।२ ख
५३१६ नम्बरको बसमा सवार उनीहरूलाई जिल्ला प्रहरी कार्यालय बागलुङबाट खटिएको
प्रहरीले उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

You might also like