मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

काठमाडौं, २१ असार
काठमाडौं महानगरपालिका-१६ बालाजु पुल वारी सडकमा बागमती प्रदेश ०२-
०२३ प ३७७५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई खोलाको छेउको रेलिङमा
ठोकिएर मंगलबार बिहान दुर्घटनामा हुँदा चालक काठमाडौं लोलाङ बस्ने २२ वर्षीय सविन
परियारको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको पिपुल्स अस्पताल नयाँबजारमा उपचारको
क्रममा मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार एक जनाको सोही
अस्पतालम उपचार भइरहेको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

You might also like