कैलाली , असार १६,२०७९
सुदूरपश्चिम प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित भएको छ।आज बिहीवार दिउसो ३ बजे बस्ने भनिएको बैठक स्थगित भएको हो। बिहीबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सत्ता पक्ष र प्रतिपक्षले यथास्थितिमै बजेट अधिवेशनको बैठक सुचारु गर्न नसक्ने ठहर गरेसँगै अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरिएको हो।
प्रदेश सरकारले ल्याएको बजेटमाथि सत्तापक्ष र प्रतिपक्षको असन्तुष्टिबीच विवाद बढ्दा बैठक अनिश्चित बनेको छ भने भर्खर मात्रै प्रदेश सरकार ले ल्याएको बजेटमा आफुले प्रस्ताव गरेको कार्यक्रम तथा योजनाहरुको बजेट कटौति भएको भन्दै बहालवाला मन्त्रिहरु ले समेत असन्तुष्टि जनाईरहेका छन् ।