बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं, १५ असार
बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका-२ बस्ने चितवन
शिवनगर घर भएकी ४१ वर्षीया बबिता पन्त पौडेललाई मंगलबार प्रहरीले पक्राउ गरेको
छ ।
उच्च अदालत पाटनको २०७१ माघ २९ गतेको फैसलाले १ महिना कैद र १० लाख
रुपैयाँ जरिवाना ठहर भई फरार रहेकी उनलाई केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट
खटिएको प्रहरीले काठमाडौं सिनामंगलबाट पक्राउ गरेको हो । पौडेलले जनरल फाइनान्स
लिमिटेडको कर्जा दुरुपयोग गरी जानी जानी अनुचित लाभ लिई कर्जा दिई वैकिङ्
श्रोत,साधन र सम्पतिको दुरुपयोग हुने गरी कर्जा प्रवाह गरेको ठहर गर्दै अदालतले उक्त
फैसला गरेको थियो ।
उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ ।

You might also like