कैलाली , १५ असार
कैलाली, गोदावरी नगरपालिका-५ गेटाबाट १४ ग्राम ९२७ मिलिग्राम अवैध
लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ सहित २ जनालाई मंगलबार साँझ प्रहरीले
पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-१ बस्ने २१ वर्षीय नबिन सिंह मडै र
सोही नगरपालिका-१२ बस्ने २८ वर्षीय जिवन खत्री रहेका छन् । उनीहरुले सुदूर पश्चिम
प्रदेश ०१-११ प.३७४७ नम्बरको मोटरसाईकलमा लागूऔषध ओसार पसार गरिरहेको
भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले जाँच गर्ने
क्रममा मोटरसाईकलको सिट मुनी ३ वटा पोका बनाई राखेको अवस्थामा उक्त पदार्थ सहित
फेला पारी दुवै जनालाई पक्राउ गरेको हो ।