भ्रष्टाचार आरोपमा तानिए प्रशासकिय अधिकृत सहित अन्य पाँच जना

१५ असार,२०७९
रुपन्देहीको ओमसतिया गाउँपालिकाका तत्कालिन प्रमुख प्रशासकीय अधिकृत राजु नेपाल, इन्जिनियर, सब–इन्जिनियर र उपभोक्ता समितिका अध्यक्ष सहित ५ जना विरुद्ध गैरकानुन लाभ तथा हानी पु¥याई भ्रष्टाचार गरेको आरोपमा अख्तियारमा मुद्धा परेको छ ।
उनीहरुले नियम विपरित काम गरी भ्रष्टाचार गरेको भन्दैं अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार विशेष अदालत काठमाडौंमा मुद्धा दायर गरेको छ ।

रुपन्देहीको ओमसतिया गाउँपालिका वडा नम्बर ४ मटेरिया गाउँको मुख्य सडक पिपिसी निर्माण कार्य गर्दा सम्झौता विपरित काम गरी रकम हिनामिना गरेको आरोप उनीहरुलाई लागेको छ ।
पिपिसी गर्ने कार्यमा लागत अनुमान अनुसारको मोटाईमा ढलान नगरी सो भन्दा कम मोटाईमा ढलान गरेको तर नापी किताब तथा बिल पेश गर्दा फिल्डमा भएको भन्दा समग्र पिपिसी परिणाममा बढी उल्लेख गरी २ लाख ६१ हजार ८ सय ५५ रुपैयाँ ९० पैसा सरकारी रकम हानिनोक्सानी गरेको आरोप लागेको छ ।

जुन कार्यमा तत्कालिन गाउँपालिका का प्रमुख प्रशासकिय अधिकृत राजु नेपाल, इन्जिनियर लवकुश चाई, सब इन्जिनियर सन्तोष भुषालले फिल्डमा कम काम भएको आइटमको नापी किताबमा बढी परिणाम मुल्याकन गरी चढाएको तथा कार्य सम्पन्न प्रतिवेदन समेत तयार गरी आफुहरुलाई गैरकानुनी लाभ र नेपाल सरकारलाई गैरकानुन रुपमा हानी गरेको आरोप लागेको छ ।

उक्त कार्यमा संलग्न राजु नेपाल, लवकुश चाई र सन्तोष भुषालले भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ८ को उपदफा ९१० को देहाय ९ग० र ९ङ० को कसुर गरेको देखिँदा निजहरुलाई बिगो वापत २ लाख ६१ हजार ८ सय ५५ रुपैंया ९० पैसा बिगो कायम गरी कारबाहीका लागि मागदाबी गरिएको छ । यसैगरी उक्त सडक ढलान गर्ने उपभोक्ता समितिका अध्यक्ष गजराज यादव र सचिव धर्मराज खरविन्दलाई पनि कारबाहीका लागि माग गरिएको छ ।

You might also like
Leave A Reply

Your email address will not be published.