दार्चुला, १३ असार
व्यास गाउँपालिका-२ माकुरीधार मालगाउँस्थित बन्दै गरेको दार्चुला तिंकर सडकबाट
करिब ५ सय मिटर तल लडेर नौगाड गाउँपालिका-४ बस्ने ४५ वर्षीय जय बहादुर धामीको
सोमबार बिहान मृत्यु भएको छ ।
आयोजनाको नयाँ सडक ट्रयाकमा काम गर्ने क्रममा लडेका उनको शव भिरमा
अड्किएकोमा भिरबाट निकाली बाटोमा राखिएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी
दुम्लिङबाट खटिएको प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।