अब एक घण्टामै धनगढी-महेन्द्रनगर !

धनगढी-  सुदूरपश्चिम प्रदेश सरकार, सुन्दर सुदूरपश्चिम यातायात प्रालि र महाकाली यातायात प्रालिको संयुक्त साझेदारीमा आज (मंगलबार) बाट धनगढी-महेन्द्रनगर द्रुत बस सेवा संचालनमा आएको छ ।

द्रुत बस सेवाको नेपाल यातायात ब्यबसायी महासंघका प्रदेश संयोजक टेकराज जोशी, यातायात ब्यबस्था कार्यालय सेतीका प्रमुख नरेन्द्रबहादुर शाह र सुन्दर सुदूरपश्चिम यातायात प्रालिका अध्यक्ष पदमराज सापकोटाले संयुक्त रुपमा उद्घाटन गरेका छन ।

सरकारी कर्मचारी, अत्यावश्यक कामका लागि पुग्नुपर्ने यात्रुहरुको सहजताको लागि प्रदेश सरकारको आग्रहमा द्रुत बस सेवा संचालनमा ल्याएको प्रालिका अध्यक्ष सापकोटाले बताए । बसले धनगढी देखि महेन्द्रनगर र महेन्द्रनगरदेखि धनगढी एक घण्टामा पुर्‍याउने गरी यातायात संचालनमा ल्याइएको अध्यक्ष सापकोटाले बताए । धनगढीस्थित बसपार्कबाट बिहान ८ : ३० बजे छुट्ने द्रुत बस सेवा महेन्द्रनगरबाट साँझ ५ :३० छुट्ने संघका महासचिव सुरेन्द्र बोहराले बताए ।

धनगढी बसपार्कबाट छुट्ने बसले गोदावरी नगरपालिकाको अत्तरिया, कृष्णपुर नगरपालिकाको गुलरिया, शुक्लाफाँटा नगरपालिकाको झलारी, बेदकोट नगरपालिकाको दैजी र भिमदत्त नगरपालिकाको बसपार्क गरि पाँच स्थानबाट मात्रै यात्रुहरु चढाउने र ओराल्ने कार्य गरिने प्रालिका महासचिव बोहराले बताए ।

You might also like