मन्त्रिपरिषदमा हेरफेर ।

१२ असार २०७९,
प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद हेरफेर गरेका छन् । नेकपा एकीकृत समाजवादीबाट सरकारमा सहभागी मन्त्रीहरु आज हेरफेर भएका छन् ।

एकीकृत समाजवादीबाट नेताहरु जिवनराम श्रेष्ठ संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री, मेटमणि चौधरी शहरी विकास मन्त्री, शेरबहादुर कुँवर श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री, भवानी खापुङ स्वास्थ्य तथा जनसंख्या मन्त्री र हीरा केसी स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री बनेका छन् ।

राष्ट्रपति कार्यालयले आइतबार साँझ एक विज्ञप्ति जारी गरी प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद पुनर्गठन गरेको उल्लेख गरेको छ ।

You might also like