कैलाली, १२ असार
कैलारी गाउँपालिका-३ बस्ने १९ वर्षीया सुनिता बरालको करेन्ट लागेर आइतबार
बिहान मृत्यु भएको छ ।
आफ्नै नल्कामा मोटर चलाई नुहाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएकी उनको
उपचारको लागि निसर्ग अस्पताल धनगढीतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।