गोली हानी गम्भीर घाइते बनाएको अभियोगमा दुई जना पक्राउ

सिरहा, १२ असार
लहान नगरपालिका-२२ बेली जटियाही बस्ने १८ वर्षीय दिलिप कुमार मुखियालाई
गोली हानी गम्भीर घाइते बनाएको अभियोगमा सोही नगरपालिका-२२ बेली जटियाही बस्ने

१९ वर्षीय सुशान्त चौधरी र १५ वर्षीय किशोर लाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको
छ ।
उनीहरू तीन जना सँगै बसिरहेको अवस्थामा सुशान्तले दिलिपलाई गोली हानी घाइते
भएको र प्रादेशिक अस्पताल लहान हुँदै थप उपचारको लागि धरान घोपा रिफर भएको भन्ने
खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ
गरेको हो । प्रहरीले सुशान्त चौधरीको साथबाट १ थान पेस्तोल, ५ राउण्ड गोली, १ थान
म्याग्जिन र १ थान फायर भएको खोका तथा उनकै घर नजिकैको बाँसघारीबाट १ थान कटुवा
पेस्तोल, कटुवा पेस्तोलमा लाग्ने ५ राउण्ड गोली र पेस्तोलमा लाग्ने ४ राउण्ड गोली फेला पारी
बरामद गरेको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

You might also like
Leave A Reply

Your email address will not be published.