बझाङका एक बालक कञ्चनपुरदेखि बेपत्ता

बझाङ- बझाङका एक बालक कञ्चनपुरदेखि बेपत्ता भएका छन् ।

बझाङको केदारस्यु गाउँपालिका-७ काडाचौर बस्ने मानसिंह धामी र सीतादेवी धामीको १३ वर्षीय छोरा आयुस धामी बेपत्ता भएका हुन्

। आयुस मंगलवार साँझ ८ बजे कञ्चनपुरको विद्युत कार्यालयको उत्तरपट्टि बसपार्क नजिकको डेरा गरी बस्ने घरबाट हराएको पारिवारिक स्रोतले जनाएको छ।

आयुस कञ्चनपुरको लिटल स्टारमा कक्षा–३ मा अध्यनरत छन् । उनलाई कसैले देखे वा भेटेमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको ९८५८७५०९१७ मा फोन गरेर जानकारी गराई दिन परिवारले अनुरोध गरेका छन्।

 

You might also like