दार्चुलामा भिरबाट लडेर एक जनाको मृत्यु

दार्चुला- दार्चुलामा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ ।

जिल्लाको नौगाड गाउँपालिका–१ साङपाङमा भिरबाट लडेर एक जनाको मृत्यु भएको हो । साङपाङस्थित बरभगे भिरबाट लडेर स्थानीय करिब ४५ वर्षीय उदयसिंह ठगुन्नाको मृत्यु भएको हो ।

स्थानीय प्रेम बडालका अनुसार बुधबार बिहान ९ बजेतिर ठगुन्नाको बाँदर धपाउने क्रममा भिरबाट लडेर घटनास्थलमै मृत्यु भएको हो । ठगुन्ना भिरबाट करिब ३ सय मिटर तल खसेका थिए ।

You might also like
Leave A Reply

Your email address will not be published.