बैतडीमा कपडा सुकाउने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु, ४ जना घाइते

बैतडी- बैतडीमा कपडा सुकाउने क्रममा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको पाटन नगरपालिका–६ डुङग्राकी ५७ वर्षीया जानकी लुहारको सोमवार मृत्यु भएको हो ।

आफ्नै घर नजिक बिद्युतको पोलबाट मिटर बक्समा ल्याएको तार खुल्ला भई करेन्ट प्रभाव भएको ग्याबिङ जालीमा कपडा सुकाउने क्रममा करेन्ट लागेर जानकी गम्भिर घाइते भएकी थिइन् । उनको उपचारको लागि स्थानिय मेडिकल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक खेमविक्रम केसीले बताए ।

साथै जानकीलाई लागेको करेन्ट छुटाउने क्रममा सोही ठाउँ बस्ने ३८ वर्षीया कलावती ओड, १२ वर्षीया पबित्रा ओड, १० वर्षीया भवनेश्वरी ओड र २२ वर्षीया सिता लुहार घाइते भएका छन् ।

उनीहरुको स्वास्थ्य अवस्था समान्य रहेको प्रहरी निरीक्षक केसीले जानकारी दिए । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

You might also like
Leave A Reply

Your email address will not be published.