पर्यटन मन्त्रि आले द्धारा मन्त्रि पद बाट राजिनामा ।

१२ असार २०७९,
नागरिक उड्ययन तथा पर्यटन मन्त्रि प्रेम बहादुर आले ले आफनो मन्त्रि पद बाट राजिनामा दिएका छन् । उनले आज नेकपा समाजवादीका केन्द्रिय अध्यक्ष माधव कुमार नेपाल समक्ष आफनो राजिनामा पत्र बुझाएका हुन ।
गएको शुक्रवार ४८ घण्टा भित्र राजिनामा गर्ने बताएका प्रेम बहादुर आलेले आज राजिनामा पत्र बुझाएका हुन । पार्टि अध्यक्ष लाई राजिनामा पत्र बुझाईसकेको र अव पार्टि अध्यक्ष तथा प्रधानमन्त्रि बसेर आगामी प्रक्रिया अगाडी बढ्ने मन्त्रि आले निकट श्रोतले जनाएको छ ।
राजिनामा दिनुपूर्व हिजो मात्र मन्त्रि आलेले सुदुर पश्चिमको डोटी तथा कैलाली जिल्लामा निर्माण हुन लागेको विभिन्न पूर्वाधारहरुको शिलन्यास गर्नुभएको थियो ।

You might also like
Leave A Reply

Your email address will not be published.