भागेश्वर गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृतमा फेरि रोका

डडेल्धुरा- बैतडीको सुर्नया गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हर्षबहादुर रोकाको सरुवा भएको छ ।

गएको चैत १ गतेबाट सुर्नया गाउँपालिकामा हाजिर भएका प्रमुख प्रशासकीय अधिकृत रोकाको डडेल्धुराको भागेश्वर गाउँपालिकामा सरुवा  उनले बताए । उनी भागेश्वरमा  हाजिर भइसकेका छन् ।

पहिले पनि काम गरेकाे गाउँपालिका भएकाले काम गर्न थप सहज हुने उनकाे भनाइ छ । भागेश्वरका प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र भारतीकाे स्वास्थय मन्त्रालयमा सरूवा भएकाे छ ।

रोकालाई गएको फागुन ९ गते संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले सुर्नया गाउँपालिका बैतडीको प्रमुख प्रशासकीय अधिकृत पदमा खटाएको थियो ।

गाउँपालिकामा झण्डै ५ महिना काम गरेका रोकाको सरुवा भएकाे हाे । मन्त्रालयले उनलाई भदौ ७ गते सरुवा गरेको थियो ।

You might also like