आलिताल गाँउपालिका द्वारा ४६ करोड ६४ लाख १८ हजारको बजेट पारित ।

११ असार,२०७९, डडेल्धुरा
डडेल्धुरा जिल्लाको भित्रिमधेश क्षेत्रमा पर्ने आलिताल गााउपालिका ले आगामी बर्षको लागी जम्मा रु ४६ करोड ६४ लाख १८ हजारको बजेट ल्याएको छ । शुक्रबार सो बजेट गाउँपालिका उपाध्यक्ष मैनाकुमारी रावल बोहराले प्रस्तुत गर्नुभएको हो ।
आलिताल गाउँपालिकाले स्वास्थ्य, कृषि, पूर्वाधार, शिक्षालगायतका क्षेत्रलाई प्राथमिकता दिँदै बजेट ल्याएको छ । गाउँपालिकाको १२औँ गाउँसभा तथा बजेट अधिवेशनमा गाउँपालिका अध्यक्ष शेरसिंह पार्कीले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।

आलिताल गाँउपालिका ले यस बर्ष वडाहरुलाई चालु बजेट तर्फ समान रुपमा ६ लाख बिनियोजन गरे तापनि पुजिगत बजेटमा भने केही तलमाथि गरि विनियोजन गरेको छ ।
पालिकाले वडा न १ लाई चालु तर्फ ६ लाख छुट्याएको छ भने पुजिगत तर्फ ४६ लाख ९० हजार बिनियोजन गरेको छ । तेस्तै वडा न २ मा ६ लाख चालु तर्फ र ४७ लाख ३० हजार बिनियोजन गरेको छ । वडा न ३ मा चालुमा ६ लाख छ भने पुजिगतमा ४७ लाख पचास हजार रहेको छ तेस्तै वडा न ४ मा चालु तर्फ ६ लाख छ भने पुजिगतमा ४५ लाख ८४ हजार बिनियोजन गरेको छ वडा न ५ मा पनि चालु तर्फ ६ लाख छ भने पुजिगत तर्फ ४५ लाख ५० हजार दिईएको छ , तेस्तै वडा न ६ मा चालु तर्फ ६ लाख छ भने पुजिगत तर्फ ४६ लाख ५० हजार छुट्याइएको छ । तेस्तै वडा न ७ मा चालु तर्फ ६ लाख छ भने पुजिगत तर्फ ४६ लाख ७० हजार छुट्याइएको छ । तेस्तै वडा न ८ मा पनि चालु तर्फ ६ लाख छुट्याइएको छ भने पुजिगत तर्फ ४७ लाख ५० हजार वितरण गरिएको छ ।

You might also like
Leave A Reply

Your email address will not be published.