कैलालीको मनिकापुर बस्ती डुबानमा, २४ घरधुरी प्रभावित

कैलाली- कैलालीको कैलारी गाउँपालिका ५ पुरानो मनिकापुर बस्तीमा कटैनी नदीको बहाव बढेपछि बस्ती डुबानमा परेको छ । लगातारको अविरल वर्षाले बस्तीमा बाढी पसेपछि २४ घरधुरी प्रभावित भएका छन् ।

जसमा ११६ जना सुरक्षित रूपमा आफ्नै घरको माथिल्लो तल्लामा र केही आफन्तको घरमा बसोबास गरिरहेका छन्। बाँकी ५ घरधुरीका १० जनालाई स्थानान्तरण गरी वडा नं. ५ को कार्यालयमा सुरक्षित रूपमा राखिएको छ ।

घटनास्थलमा सुरक्षाकर्मी परिचालन गरिएको छ । सीमा प्रहरी चौकी (बीओपी) खोनपुरबाट सशस्त्र प्रहरी नायब निरीक्षक गान्धिप राज स्याङताङको नेतृत्वमा ११ जनाको टोली र इलाका प्रहरी कार्यालय हसुलियाबाट प्रहरी निरीक्षक लोकेन्द्र बहादुर चन्दको नेतृत्वमा ७ जनाको टोली उद्धार र सुरक्षा कार्यमा खटिएका छन् ।

You might also like