अमरगढी नगरपालिकाको बजेट प्रस्तुत

डडेल्धुरा , १० असार २०७९
डडेल्धुरा जिल्लाको सदरमुकाम स्थित अमरगढी नगरपालिकाको आगामी आर्थिक बर्षका लागी निति तथा कार्यक्रम मार्फत बजेट प्रस्तुत गरेको छ । वडा नं.१० का वडा अध्यक्ष खेम राज भट्ट् ले कुल ६३ करोड ९१ लाख ९५ हजार बरावरको बजेट प्रस्तुत गर्नुभएको हो । अमरगढी नगरपालिकाले आफनो कुल बजेट मध्ये २३ करोड १ लाख पुर्वाधार विकास का लागी विनियोजन गरेको हो । अमरगढी नगरपालिका ले आफनो बजेट विनियोजनमा सबै भन्दा धेरै पूर्वाधार विकास लाई प्राथमिकतामा राखेको छ ।

यसै गरि अमरगढी नगरपालिका ले सामाजिक विकास क्षेत्रमा २१ करोड ५० लाख ९६ हजार विनियोजन गरेको छ भने संस्थागत शुसासन विकास तथा प्रशासनिक खर्चमा १५ करोड ४६ लाख र आर्थिक विकास का लागी २ करोड ६० लाख र वन वातावरण क्षेत्रमा जम्मा १ करोड २५ लाख विनियोजन गरेको छ ।

You might also like
Leave A Reply

Your email address will not be published.