सवारी दुर्घटनामा परि मृत्यू

महेन्द्रनगर, ९ असार २०७९

बेलौरी नगरपालिका-५ भकुण्डामा सु.प.प्र ०१-०१० प ८३९ नम्बरको
मोटरसाइकल राँगा गाढामा ठोक्किएर बुधबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक
पुर्नवास नगरपालिका-१ गणेश बस्ती बस्ने २४ वर्षीय बिश्राम रानाको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको ईसान मेमोरियल अस्पताल बेलौरीमा उपचारको
क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको
सोही अस्पतालमा उपचार भइरहेको छ । राँगा गाढा चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

You might also like