अमरगढी नगरपालीका द्धारा नगर आपतकालीन कार्यसंचालन केन्द्र स्थापना

गणेश बहादुर मगर
०८ असार,२०७९,डडेल्धुरा
अमरगढी नगरपालीका डडेल्धुराले नगर आपतकालीन कार्यसंचालन केन्द्र संचालनमा ल्याएको छ । नगरपालिका भित्र घट्न सक्ने प्राकृतिक र गैरप्राकृतिक प्रकृतिको विपद् पछिको अवस्थामा प्रभावकारी रूपमा प्रतिकार्यका लागि समन्वयकारी भूमिकामा विभिन्न क्षेत्रहरूमा रहेका जनशक्तिको सहभागितामा विपद् प्रतिकार्यका लागि केन्द्रबाट कार्य संचालन गर्ने र विपद् प्रतिकार्यलाई प्रभावकारी व्यवस्थापन गर्ने मुख्य उद्देश्य अनुुरुप यो केन्द्रको स्थापना गरीएको कुरा नगरपालीकाका ईन्जीनिएर एवं बिपद् सम्पर्क ब्यक्ति कविन्द्र राज भट्टले जानकारी दिनुभयो ।
विपद्को पुर्वतयारी, प्रतिकार्य चरणलाई प्रभावकारी व्यवस्थापन, तथा जिल्ला आपतकालिन कार्यसंचालन केन्द्र संग समन्वय गरी विपद् पुर्वतयारी र प्रतिकार्यका लागि जिल्ला, प्रदेश र संघसंग आवश्यक सहयोग तथा विभिन्न सूचना सङ्कलन गरी सम्पादन गर्न र मानवीय सहायता सम्बन्धी आवश्यकता पहिचान गरी कार्य गर्न यस केन्द्रले महत्वपूर्ण भुमीका खेल्ने कुरा कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी मोहन राज जोशी ले बताउनुभयो ।
नगर आपतकालनि कार्यसंचालन केन्द्रले नेपाल सरकार राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्र, स्वास्थ्य क्षेत्रको आपतकालीन कार्यसञ्चालन केन्द, प्रदेशस्तरीय आपतकालिन कार्यसञ्चालन केन्द्र, जिल्ला आपतकालिन कार्यसञ्चालन केन्द्रसँग निरन्तर सम्पर्क तथा समन्यव गरी विपद् प्रतिकार्यका गतिविधिहरू सञ्चालन गर्नेछ र जस्का लागी मानवीय सेवामा कार्यरत सङ्घसंस्थाहरूले सहयोग गर्ने कुरा कार्यक्रमका अतिथि एवं यू.एन.डि.पि. सिडिआरएमपि. कार्यक्रम प्रमुख केदार वाबु ढुंगाना ले ब्यक्त गर्नुभयो ।


यसका साथै कार्यक्रमका सभापती एवं अमरगढी नगरपालीका नगरप्रमुख डिल्ली राज जोशी ज्यूले आगामी दिनमा अमरगढी नगरपालीका विपद् प्रतिकार्यका लागि सही सूचना र सञ्चार प्रविधि, मानवीय संशाधनको उचित परिचालन, विपद् प्रतिकार्यमा सहभागीहरू विच प्रभावकारी समन्वय र सहयोगको सुनिश्चितता गर्ने कुरा वताउनुभयो । साथै नियमित रूपमा सरोकारवाला निकायहरू संग समन्ववय गर्न आपतकालीनकार्यसंचालन केन्द्र सहयोगी सावितहुने र यस नगर आपतकालिनकार्य संचालन केन्द्र स्थापनार्थ सहयोग गर्ने निकाय यु.एन.डि.पि. र ग्रामिण महिला विकास तथा एकता केन्द्र रुडुक डडेल्धुरा लाई धन्यवाद ब्यक्त गर्नुभयो ।
यस नगर आपतकालिन कार्य संचालन केन्द्र स्थापनार्थ विभिन्न आवश्यक सामग्रीहरु यूरोपेली आयोग मानविय सहायता विभागको आर्थिक, यु.एन.डि.पि. नेपालको प्राविधिक एवं स्थानीय साझेदार संस्था ग्रामिण महिला विकास तथा एकता केन्द्र रुडुक डडेल्धुरा द्धारा संचालित शहरी विपद् तथा भुकम्पीय पूर्वतयारी परियोजना मार्फत रहेको छ ।
कार्यक्रममा जिल्लास्थीत ३ वटै सुरक्षा निकायका प्रतिनिधि, वडा अध्यक्षहरु, रेडक्रस एवं सरोकालवाला निकायका प्रमुख एवं प्रतिनिधिहरुको उपस्थीती रहेको थियो ।

You might also like
Leave A Reply

Your email address will not be published.