करेन्ट लागेर मृत्यु

संखुवासभा, ८ असार
धर्मदेवी नगरपालिका-५ स्थित मायाखोला हाईड्रो पावरमा काम गर्ने क्रममा करेन्ट
लागेर हाईड्रोका ईन्जिनियर पोखरा महानगरपालिका-१२ घर भएका ३९ वर्षीय रोमन
कुमार चन्दको मंगलबार बिहान मृत्यु भएको छ ।
हाईड्रोपावरभित्र रहेको ट्रान्सफर्मर मर्मत गर्ने क्रममा अचानक करेन्ट लागेर घाईते
भएका उनलाई हेलिकोप्टरद्वारा काठमाडौं पठाइएकोमा उपचारको क्रममा मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

You might also like