डडेल्धुरा, ८ असार
डडेल्धुरा, पर्शुराम नगरपालिका-११ कटौजा बस्ने केसब बोहराको छोरा ५ वर्षीय
निराजन बोहराको खोलामा डुबेर मंगलबार दिउँसो मृत्यु भएको छ । श्री पशुपतिनाथ
आधारभुत बिद्यालयमा कक्षा १ मा अध्यनरत निराजन स्कुलबाट घर फर्कदा खोला तर्ने
क्रममा उक्त खोलामा डुबेर मृत्यु भएको हो । साथै खोलामा डुबेर अशक्त भएका अन्य २
जनाको उपचारको लागि जोगबुढा अस्पतालतर्फ लगिएको छ ।