प्रहरी काम कारवाहीलाई थप प्रभावकारी बनाउन प्रहरी कर्मचारीहरु अझै सक्रिय हुनुपर्ने – प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह
काठमाडौं, २ असार
प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले आधुनिक प्रविधि, नविन सिप र दक्षताको
प्रयोग गरी मानवश्रोत व्यवस्थापन तथा दैनिक प्रशासनिक कामलाई थप व्यवस्थित, छिटो
छरितो र प्रभावकारी बनाउन प्रहरी कर्मचारीहरु अझै सक्रिय भई काम गर्नुपर्ने बताउनुभएको
छ ।
नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग, प्रशासन विभाग र भौतिक
पूर्वाधार तथा सवारी निर्देशनालयको बिहीबार निरीक्षण पश्चात आयोजित कार्यक्रममा उक्त
विभाग मातहत प्रहरी अधिकृतहरूलाई निर्देशन सम्बोधनका क्रममा प्रहरी महानिरीक्षक सिंहले
उक्त कुरा बताउनुभएको हो ।
प्रहरी महानिरीक्षक सिंहले आफूले प्राप्त गरेको जिम्मेवारीलाई प्रहरी अधिकृतहरूले
निष्पक्ष, पारदर्शी र इमानदार एवम् कार्यालयप्रति पूर्ण जवाफदेही भई आफै सन्तुष्ट हुने गरी
काम गर्नुपर्ने बताउनुभयो । साथै उहाँले संवेदनशील विभागीय कामप्रति स्पष्ट नियत राखी
गोपनियता कायम गर्दै असल अभ्यासका साथ विधि तथा कानून बमोजिम काम गर्न उपस्थित
सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई सचेत गराउनुभयो ।
प्रहरी महानिरीक्षक सिंहले नेपाल प्रहरीलाई विनियोजित रकम तोकिएको मापदण्ड,
प्रचलित आर्थिक प्रशासनसँग सम्बन्धित ऐन/नियम बमोजिम मितव्ययी, प्रभावकारी एवम्
पारदर्शी ढंगबाट सदुपयोग गरी काम गर्न निर्देशन दिनुभयो । भवन निर्माणमा मितव्ययिता
एवम् पारदर्शिता कायम राख्दै गुणस्तरीय भवन निर्माणतर्फ ध्यान दिनुपर्नेमा उहाँले जोड
दिनुभयो ।
2
उक्त अवसरमा प्रशासन विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक अरूण कुमार
बि.सी. र मानवश्रोत विकास विभागका निमित्त प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दिपक थापाले
आ-आफ्नो विभागको गतिविधि एवम् भए गरेका काम कारवाहीबारे प्रस्तुतीकरण गर्नुभएको थियो ।