काठमाडौं, १ असार
दुबई पठाईदिन्छु भनी रकम ठगी गरेको अभियोगमा मुगु खत्याड गाउँपालिका-११
घर भई हाल काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका मुलपानी बस्ने ३१ वर्षीय निराजन
कार्कीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं सिफलस्थित भिजन मल्टिपर्पोज प्रालिका संचालक कार्कीले दुबई
(युएई)मा जानको लागि ७ लाख रुपैयाँ लाग्छ, दुबई पुगेपछि प्रतिष्ठित कम्पनीमा आर्मस
गार्डको काम लगाइदिन्छु मासिक १ लाख तलव हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारी
पीडितबाट ७ लाख रूपैयाँ रकम लिई सम्पर्क विहीन भएका उनलाई काठमाडौं उपत्यका
अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-
३१ नयाँबानेश्वरबाट पक्राउ गरेको हो ।
उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग
बुद्धनगर काठमाडौ पठाइएको छ ।