बैँकिंग कसुरका फरार अभियुक्त पक्राउ ।

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी काठमाडौं नार्गाजुन नगरपालिका-१ रानीवन बस्ने गोरखा पालुङटार नगरपालिका-२ घर भएकी  ५१ वर्षीया लक्ष्मी सापकोटालाई मंगलबार प्रहरीले पक्राउ गरेको  छ ।

            उच्च अदालत पाटनले बैंकिङ कसूर मुद्दामा २०७८ पुष २ गतेको फैसलाले ५ दिन कैद र १२ लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेकी उनलाई नेपाल प्रहरी प्रधान कर्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजबाट खटिएको प्रहरीले काठमाडौं बानेश्वरबाट पक्राउ गरेको  हो ।

            सापकोटाले आफ्नो बैंक खातामा पर्याप्त रकम नभएको जानी-जानी नेपाल बङ्गलादेश बैंक लिमिटेड मैतिदेवी शाखामा रहेको खाताबाट रकम भुक्तान हुने भनी पीडितलाई दिएको चेकको रकम भुक्तान हुन नसकेको ठहर गर्दै अदालतले उनी उपर उक्त फैसला गरेको थियो ।

उनलाई फैसला कार्यान्वयनको लागि ललितपुर जिल्ला अदालतमा पेश गरिएको छ ।

You might also like