निर्घात कुटिए परशुराम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत

राम धामी
डडेल्धुरा, १ चैत
डडेल्धुराको भित्रिमधेस क्षेत्र स्थित परशुराम नगरपालिकाको कार्यपालिका बैठकमा विवाद उत्पन्न भएपछि प्रमुख प्रशासकीय अधिकृत माथि निर्घात कुटपिट भएको छ ।
विहीबार कार्यपालिका बैठक बसिरहेकै बेला प्रमुख प्रशासकीय अधिकृत कृष्णदेव जोशी माथि कार्यपालिका बैठक चलिरहेका बेला नेकपा (माओवादी केन्द्र) बाट निर्वाचित जनप्रतिनिधीहरुले कुटपिट गरेको नगरपालिकाका प्रवत्ता खगेन्द्रबहादुर सिंहले जानकारी दिनभयो । कार्यपालिकामा उपमेयरसहित नेकपा माओवादी केन्द्रका बहुमत सदस्य रहेका छन । कुटपीटबाट गम्भीर घाईते भएका प्रम्ख प्रशासकीय अधिकृत जोशीको जोगबुडा अस्पतालमा उपचार भइरहेको छ ।
प्रम्ख प्रशासकीय अधिकृत जोशीको टाउकोमा तीनवटा टाँका लगाइएको र गम्भीर चोट लागेको उपचारमा संलग्न चिकित्सकहरुले जनाएका छन । स्थानीय पत्रकार पदम जोराका अनुसार बजेट संशोधन गर्नेसहित १३ एजेन्डामाथि छलफल गर्न बैठक कार्यपालिका बैठक डाँकिएको थियो । बैठकमा विवाद भएपछि माओवादी केन्द्रबाट निर्वाचित कार्यपालिका सदस्यहरुले कुर्सी हानेको प्रवक्ता सिंहले जानकारी दिनुभयो ।
नेकपा माओवादी केन्द्रबाट विजयी भएर कार्यपालिका सदस्य बनेकाहरूले धेरै पहिलेदेखि शिक्षा शाखा अधिकृत लक्ष्मी विष्टको काज फिर्ता गर्नुपर्ने माग राखिरहेका थिए । बिहीबार बोलाइएको बैठकमा पनि उनीहरुले सोही माग गर्न थालेपछि प्रमुख प्रशासकीय अधिकृत जोशीले आफूहरुले काज फिर्ता गर्न नसक्ने बताउनु भएको थियो ।
सोही विषयमा आक्रोशित माओवादी केन्द्रबाट निर्वाचत कार्यपालिका सदस्यहरुले हलमा भएका कुर्सी तोडफोड गर्दै प्रमुख प्रशासकीय अधिकृत जोशीमाथि हातपात गरेको जनाइएको छ । यस्तै केही समयअघि नगरपालिकाकी उपमेयर बिमलाकुमारी बोहराले आफ्ना श्रीमानलाई करारमा जागिर खुवाउन प्रयास गरेको र सो माग पुरा नभएपछि उपमेयर बोहराले कार्यपालिका बैठकमा विवाद गरेको थाहा भएको छ ।
हाल एक सामुदायीक विद्यालयमा विद्यालय कर्मचारीका रुपमा कार्यरत आफ्ना श्रीमानलाई करारमा परशुराम नगरपालिकामा जागिर खुवाउन असफल भएपछि अधिकृतिसँग उपमेयर विमलाले रिसिइवी राखेको बताइएको छ ।
तत्कालिन जिल्ला विकास समिति डडेल्धुरामा लामो समय कार्यक्रम अधिकृतका रुपमा कार्यरत जोशी कर्मचारी समायोजनपछि परशुराम नगरपालिकाका योजना अधिकृतका श्रपमा कार्यरत थिए । जोशीलाई मंसिर पहिलो साता प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको थियो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आर्थिक र प्रशासनिक अधिकारसहित उनलाई निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएको थियो । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय जोगबुडाले जनाएको छ ।

You might also like