चार राउण्ड गोलीसहित पक्राउ

सर्लाही, २७ फागुन
बाग्मती नगरपालिका-१० सोल्टी नहरबाट ८ एमएम लेखिएको ४ राउण्ड गोलीसहित मंलगवा नगरपालिका-१ भेडिया बस्ने २१ वर्षीय पोसन महरा रामलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
अस्थायी प्रहरी पोष्ट सोल्टीबाट खटिएको प्रहरीले बीआर ३० डब्लु ५८८३ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा चालक रामलाई उक्त गोलीसहित फेला पारी पक्राउ गरेको हो ।
साथै सोधपुछ तथा अनुसन्धानको लागि बागमती नगरपालिका-८ बस्ने २४ वर्षीय रंजित रामलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

You might also like