अमरगढी नगरपालिका र गन्यापधुरा गाउँपालिकामा रहेका महिला नेतृत्व मंच र युवा संजालका २० जना महिला जनप्रतिनिधि लाई स्थानिय तहको योजना तर्जुमा सम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिम हिजो बाट डडेल्धुरामा सुरु भएको छ ।
ग्रामिण महिला विकास तथा एकता केन्द्र (रुडुक) र अक्सफाम नेपालको साझेदारीमा संचालित नेपालको राजनितिमा महिला नेतृहरुको रुपान्तरीत नेतृत्व परियोजना अन्तर्गत ५ दिने प्रशिक्षक प्रशिक्षण तालिम कार्यक्रम हिजो बाट सुरु भएको हो ।
स्थानियतह हरुका योजना तर्जुमा प्रक्रियाका ७ वटा चरण एवं प्रक्रियाहरुमा महिलाहरुको अर्थपूर्ण सहभागिता, योजना छनौट दौरानमा हुने निर्णायक भुमिका र योजनाहरु छनौट आदी बिषयमा केन्द्रीत भई अमरगढी नगरपालिका र गन्यापधुरा गाउपालिमा परियोजनाको सहजीकरणमा गठन गरिएका महिला नेतृत्व मंच र युवा संजाल बाट सहभागीहरु रहेको कुरा रुडुक डडेल्धुराका कार्यकारी निर्देशक अमर साउदले जानकारी दिए ।
अहिले हामी स्थानीयतहको योजना तर्जुमा प्रक्रियामा छौ । पालिका र समुदाय स्तरमा हुने योजना तर्जुमा प्रक्रियाको दौरानमा नै यो प्रशिक्षक प्रशिक्षण कार्यक्रमले ठुलो सहयोग पुर्याउने कुरा कार्यक्रमका प्रमुख अतिथि एवं सुदूरपश्चिम प्रदेस सभा सदस्य सरस्वती खड्काले बताईन ।
महिलाहरुले आफ्ना समुदायमा छनौट गरीने योजनाहरुको प्रारम्भिक चरण देखि सम्पूर्ण योजनाहरुको बृस्तीत विवरण राखी त्यसको कार्यान्वयन चरण सम्मन अनुगमन गर्नु पर्छ तव मात्र हाम्रो जिम्मेवारी र यस प्रशिक्षणको महत्व रहन्छ खड्काले बताईन ।
कार्यक्रमको उद्घाटन सत्रका क्रममा शुभकामना मन्तब्य राख्दै महिला दिदि बहिनिहरुलाई प्रदान गरीएको यो प्रशिक्षण महत्वपूर्ण रहेको र यसले स्तर बाटै योजना तर्जुमा प्रक्रियामा महिला सहभागिता सुनिश्चित हुने र पालिका तहमा बजेट विनियोजनका क्रममा ठुलो सहयोग हुने कुरा गन्यापधुरा गाउँपालिका उपाध्यक्ष ज्ञानु सेठी देउवा ले बताईन । साथै उक्त कार्यक्रममा महत्वपूर्ण कार्यक्रमको आयोजनाका लागी रुडुकलाई धन्यवाद दिदै लक्षीत समुहका बजेटहरुको विनियोजन गर्ने क्रममा यी सहभागी महिलाहरुको महत्वपूर्ण भुमीका रहने कुरा अमरगढी नगपालिका नगर उप प्रमुख पार्वती झुकाल ले बताईन ।
महिला अधिकारकर्मिहरु, कार्यपालिका सदस्य, महिला नेतृत्वमंचका संयोजक एवं सदस्यहरु उपस्थीत यस ५ दिने कार्यक्रमको उद्घाटन सत्र रुडुक डडेल्धुराका अध्यक्ष मान कुमारी थापा को अध्यक्षतामा सम्पन्न भएको थियो ।
You might also like