नवदुर्गाको डाडावनमा भएको खुल्ला पुरुष भलिबलको उपाधी परशुराम नगरपालिकाले हात पारेको छ । फाईनलमा नवदुर्गा युवा सन्जाललाइ रोक्दै उपाधि परशुरामले हात पारेको हो ।
प्रतियोगिताको उपाधि विजेता परशुराम नगर पालिकाले शिल्ड मेडल सहित नगद रु ८८ हजार आठ सय अठासी रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको छ ।
दोस्रो स्थान हुने आयोजक नवदुर्गा युवा सन्जालले शिल्ड मेडलसहित ४४ हजार चारसय चवालिस रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको छ भने तेस्रो स्थान हासिल गर्ने शिखर नगरपालिकाले मेडल प्रमाणपत्र सहित २२ हजार दुईसय बाईस रुपया हात पारेको छ
प्रतियोगितामा परशुरामका हिरा बोहरा उत्कृष्ट खेलाडी भए भने वेष्ट स्पाईकर आयोजकका सन्तोष खत्री भएका छन ।
यहि फागुन २३ देखि २५ गते सम्म सुरु भएको प्रतियोगितामा विभिन्न स्थानीय तहका गरि जम्मा १६ वटा टीमले प्रतिस्पर्धा गरेका थिए ।