भागेश्वर माद्यमिक विद्यालय परशुराम ३ शिर्ष,डडेल्धुराको ६१ औं वार्षिकोत्सव तथा अभिवाबक दिवस समारोह शनिबार सम्पन्न भएको छ ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष नरेश वहादुर खवासको अध्यक्षता तथा परशुराम नगरपालिकाका वडा नं. २ का अध्यक्ष रमेश वोहराको प्रमुख आतिथ्यतामा दुई दिवसिय वार्षिकोत्सव समारोह सम्पन्न भएको हो ।
दिवसको अवसर पारि वडा नं. ३ को आर्थिक सहयोगमा वडा स्तरिय प्राबि हाजिरिजवाफ प्रतियोगिता ,सास्कृतिक प्रतियोगिता समेत सञ्चालन गरिएको विद्यालयका प्रधानाध्यापक प्रेम बहादुर शाहिले वताए ।
प्रअ शाहिले विद्यालयको प्रगती प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने उक्त कार्यक्रममा स्थानीय सांस्कृतिक प्रस्तुती, पुर्व विव्यस अध्यक्ष ,पदाधिकारी, जमिनदाता, चन्दादाता, अक्षयकोष स्थापना गर्ने, शिक्षा प्रेमी,समाजसेबीहरुलाई सम्मान गरिएको थियो ।
२०२० सालमा सोही वडाको चुम्केमा पठन–पाठन सुरु गरेको विद्यालय भौगोलिक कठिनाईले शिर्ष वजारमा स्थान्तरण भई सञ्चालनमा रहेको छ ।
हाल कक्षा १० सम्म पठन पाठन सुरु गरेको भागेश्वर माबि शिर्षमा कक्षाकोठा ,खेलमैदान, वालमैत्री सौचालय, घेरवाड, वालमैत्री खानेपानी धारा र दरवन्दी समेत अभाव रहेको अभाव रहेको विब्यस अध्यक्ष नरेश वहादुर खवासले सुनाए ।
भागेश्वर माबि शिर्षको विषयमा प्रमुख, विशिष्ठ अतिथि तथा वक्ताहरुले घेरवाड, खेलमैदान, सौचालय, खानेपानी व्यवस्थापन हुने र गरिनु पर्ने वताए । भागेश्वर माबि शिर्ष,वसौटी, असुरानी,कुरमुल्ले,मलास,चन्दनी,वोडा,चौण तोली , थपाला ,सिमलबण्ड ,पातल ,जामिरखाली सलेत्ता,जमरानी,सादानी लगायतका सबै दुर दराजका वस्तीका विद्यालयको शैक्षिक गुणस्तर सुधार र भौतिक संरचना निर्माण आफुहरुको कार्यकालमा हुने कार्यक्रमका प्रमुख अतिथि, अतिथि ले बताए।
You might also like