भायानेटले जित्यो दुई वटा अवार्ड

काठमाण्डौ

पछिल्लो समय आक्रामक वजारीकरण गरिरहेको ईन्टरनेट प्रदायक कम्पनि भायानेट कम्यूनिकेशन लिमिटेडले दुई वटा अवार्ड जितेको छ । भायानेट कम्यूनिकेशन ले एसियन टेलिकम अवार्ड २०२४ मा ‘ब्रोडब्यान्ड टेलिकम कम्पनी अफ द इयर’ र ‘टेक्नोलोजी इनोभेसन अफ द इयर’ जितेको हो ।

भायानेट कम्युनिकेशनले प्रेश विज्ञप्ती मार्फत दुई वटा अवार्ड जिततेको जनाएको हो । भायानेट कम्युनिकेसन लिमिटेडले सन् २०२४ को एसियन टेलिकम अवार्डमा ‘ब्रोडब्यान्ड टेलिकम कम्पनी अफ द इयर’ र ‘टेक्नोलोजी इनोभेसन अफ द इयर–नेपाल’ अवार्ड जितेको छ । एक्स जि एस टेक्नोलोजीमा आधारित नेपालको पहिलो मल्टि गिग इन्टरनेट बजारमा ल्याएर नयाँ टेक्नोलोजीमा परिचित गराउने र ग्राहकमा यसको उल्लेख्य प्रभाव ल्याउनसफल भएको हुनाले कम्पनीलाई यी प्रतिष्ठित पुरस्कारहरूबाट सम्मानित गरिएको हो। अवार्ड समारोह फेब्रुअरी २९ मा सिंगापुरमा आयोजना भएको थियो।
उक्त अवार्डको लागी भायानेट, सहित नेपालका अन्य इन्टरनेट प्रदायक र टेलिकम कम्पनीहरूसँग मनोनयनमा परेको थियो । बिभिन्न निर्णायकहरूको प्रकृयगत निर्णय र छलफलको आधारमा सम्मानित प्यानलले भायानेट लाई विजेताको रूपमा चयन गरेको हो। कम्पनीले यस विधामा नेपालमा पहिलो पटक यो प्रतिष्ठित अवार्ड जितेको हो । एसियाली टेलिकम अवार्ड एसियन मोबाइल न्यूजबाट सन्चालन हुँदै आएको छ ।अवार्ड कार्यक्रमले एशियाका अग्रणी टेलिकम र ब्रोडब्यान्ड कम्पनीहरूको उत्कृष्ट उपलब्धि र पहलहरूलाई मान्यता दिदै आएको पाइन्छ।
भायानेट कम्युनिकेसन लिमिटेडकी सीईओ सेवा पाठक बोहराले कम्पनीको सफलतामा खुसी व्यक्त गर्दै “भायानेटसधैंग्राहककोआवश्यकताअनुरुपनविनतमटेक्नोलोजीको प्रयोगगर्नेमाअग्रपंक्तिमा रहदै आएकोछ र यी पुरस्कारहरूले हाम्रो टिम र कम्पनीको अथक प्रयास र ग्राहक प्रतीको प्रतिबध्दतालाई थप उर्जा प्रदान गर्ने बताउनुभयो।“

You might also like