डडेल्धुरा
डडेल्धुरा जिल्ला अमरगढी नगरपालिका वडा नं.४ स्थायी ठेगाना भई हाल जापानमा व्यवसाय गर्दै आईरहेका युवा समाजसेवी विनय प्रकाश मल्लले अमरगढी नगरपालिकाका विभिन्न व्यक्ति हरु लाई सहयोग गरेका छन् ।
व्यवसायको सिलसिलामा जापानमा रहे पनि डडेल्धुरा लगायत नेपालका अन्य जिल्लाका दिन दुखी हरु लाई सहयोग गरिराख्ने युवा समाजसेवी बिनय प्रकाश मल्ल द्वारा डडेल्धुरा जिल्ला अमरगढी नगरपालिका वडा नं. ७ का मृगौला पीडीत ,वालगृह तथा बिपन्न परिवार लाई डडेल्धुराकै युवाहरु खगेन्द्र ठकुराठी र कृती बहादुर ऐरको समन्वयमा आर्थिक तथा खाद्यान्न समाग्रीहरु सहयोग गरिएको हो ।
अमरगढी नगरपालिका वडा नं. ७ का वडा सदस्य राम परियार र वडा सचिब शारदा ओझाको रोहबरमा आर्थिक तथा खाद्यन्न सामाग्रीहरु हस्तान्तरण गरिएको हो । अमरगढी ७ पोखराका मृगौला रोग वाट पिडित राम कैनी लाई नगद रु १२०००।- हस्तान्तरण गरिएको थियो भने अमरगढी ७ मै रहेको बेथस्दा बाल गृह लाई ३ कट्ठा चामल ३ केजी दाल ६ पोका तेल ,साबुन आदी सहयोग गरिएको थियो । यसै गरी अमरगढी ७ पोखराकै अन्य ७ जना विपन्न परिवार लाई खाद्यान्न सहयोग गरिएको समन्वयकर्ता खगेन्द्र ठकुराठीले बताए ।
You might also like