रैथाने विउ संरक्षण गर्दै डोटीको एक सहकारी

डोटीको एक सहकारी  लोप हुदै गईरहेको रैथाने वालीको विउहरुको संरक्षण गर्न लागी रहेको छ । डोटीको जोरायल गाउँपालिका वडा नं.१ गैरावजारमा रहेको जैविक विविधता संरक्षण कृषि सहकारीले रैथानेवालीको विउहरु संरक्षण गरिरहेको हो ।

जैविक विविधताको संरक्षण गर्ने मुख्य उद्देश्यका साथ २०७० सालमा स्थापन भएको सहकारीले जैविक विविधता संरक्षणका साथै अन्न, तरकारी तथा मसलावालीको विउ उत्पादन तथा वजारीकरण गरिहरको छ ।

सहकारी अन्तर्गत घण्टेश्वर बिउ बैँक संञ्चालन गरि अन्नवाली, दलहनवाली, तरकारीवाली, मसलावाली र तृलवालीका जम्मा ३२ वालीका ६९ वटा स्थानीय जातका बिउहरुको संरक्षण का साथै बिउ उत्पादन तथा विक्रिवितरण गर्दै आईरहेको छ ।

सुदुरपश्चिम कै उत्कृष्ट विउ बैँक हरु मध्येको एक मानिने सहकारीले हाल विउ उत्पादन तथा व्यवस्थापन सम्बन्धि तालिम दिनुका साथ विउको उत्पादन, भण्डारण तथा बजारीकरणमा काम गरिरहेको छ भने सहकारीका सदश्यहरु लाई आयआर्जनको तथा कृषि व्यवसायका लागी ऋण लगानी गरिहरको छ । डोटी जिल्लाको एक मात्र विउ बैँक रहेको सहकारीले त्यहाँ उत्पादन तथा संकलन भएको बिउहरु सुदुरपश्चिमका सबै जिल्लाका साथै नेपालगंज, सुर्खेत सम्म निर्यात गरिरहेको छ ।

You might also like
Leave A Reply

Your email address will not be published.