पदम जोरा,डडेल्धुरा
डडेल्धुराको परशुराम नगरपालिका वडा।न ६ चन्दनी स्थित शिद्वनाथ माद्यमिब विद्यालयको ४९ औं वार्षिकोत्सव तथा अभिवाबक दिवस समारोह उदघाटन भएको छ ।
बिहिवार परशुराम नगरपालिका वडा नं.६ का अध्यक्ष एबं विद्यालय व्यवस्थापन समिति अध्यक्ष खगेन्द्र वहादुर सिहको अध्यक्षता तथा परशुराम नगरपालिकाका नगर–प्रमुख भरत वडायर जोशीको प्रमुख आतिथ्यतामा ४९ औं वार्षिकोत्सव समारोह उदघाटन भएको हो । त्रिदिवसीय बार्षिकोत्सव समारोहको पहिलो दिन तथा उदघाटन समारोहमा विद्यालयका अतिरित्त कृयाकलाप,वार्षिक प्रतिवेदन प्रस्तुत,वडा नं. ६ स्तरीय प्राबि हाजिरी जवाफ प्रतियोगिता सम्पन्न गरिएको विद्यालयका प्रधानाध्यापक गौरीदत्त भट्टराईले जानकारी दिनु भएको छ ।
कार्यक्रमका विद्यालयका वालवालिकाका सास्कृतिक कार्यक्रम र राष्ट्रिय लोक तथा देउडा गायक रमेश मल्लले दर्षक र अभिवाबकलाई नचाए ।
फागुन १० गते उदघाटन भएको बार्षिकोत्सब समारोह १२ गते सम्पन्न हुने विद्यालयका प्रधानाध्यापक भट्टराईले जानकारी दिनु भएको छ ।
कार्यक्रम उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि परशुराम नगरपालिकाका नगर–प्रमुख भरत वडायर जोशीले विद्यालयको सर्वपक्षिय विकासमा नगरसरकार प्रतिबद्व रहेको वताए । विद्यालयको भौतिक,आर्थिक र दरवन्दीको समस्या रहेको औल्याउदै उनले भने,प्रदेश, संघ सरकार संग समन्वय गरि विद्यालयको समस्या समाधान गर्ने जनाए ।