डडेल्धुरा
राष्ट्रिय अभियानको रुपमा संञ्चालन हुन गईरहेको दादुर रुवेला खोप अभियान २०८० ८१ को तयारी डडेल्धुरामा सुरु गरिएको छ । आज जिल्ला स्वास्थ्य कार्यालय डडेल्धुराको आयोजनामा आज सम्पन्न भएको जिल्ला खोप समन्वय समिति तथा संञ्चारकर्मिहरुको अभिमुखीकरण कार्यक्रममा उक्त जानकारी दिइएको हो ।
जिल्ला खोप समन्वय समितिको संयोजक एबं जिल्ला समन्वय समिति प्रमुख गगन सिँ भण्डारीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा दादुरा रुवेला खोप अभियाको विविध पक्षको बारेमा संञ्चारकर्मि तथा अन्य सरोकारवालाहरु लाई जानकारी गराईएको थियो ।
दादुरा रुवेला खोप अभियान राष्ट्रव्यापी रुपमा २०८० फागुन १३ गते देखी चैत्र ७ गते सम्म संञ्चालन हुने भए पनि डडेल्धुरा जिल्लामा भने यो अभियान फागुन १३ गते देखी १६ गते सम्म संञ्चालन हुने जिल्ला स्वास्थ्य कार्यालय डडेल्धुराका प्रमुख केशर बहादुर साउँदले बताउनुभयो ।
जिल्ला स्वास्थ्य कार्यालय डडेल्धुराका अनुसार डडेल्धुरा जिल्ला भरीमा ९ महिना देखी ५ वर्ष भित्रका ११ हजार ८ सय २३ जना वालवालीका लाई लक्षित गरिएको खोप अभियान सम्पन्न गर्न जम्मा १८० वटा खोप केन्द्र तयार गरिएको छ भने १०४ जना तालिम प्राप्त स्वास्थ्यकर्मि तथा तोकिएका ३६० जना महिला स्वास्थ्य स्वयमसेविका हरु अभियानमा खटिनेछन् ।
खोप अभियान लाई प्रभावकारी रुपमा सम्पन्न गर्न जिल्ला स्थित सबै सरोकारवालाहरु लाई जिल्ला स्वास्थ्य कार्यालय डडेल्धुराले अनुरोध गरेको छ ।