चौबिसै घण्टा सेवा दिने डोटी आदर्श गाउँपालिकाको यो वडा

सुन्दा धेरैलाई अचम्म लाग्न सक्छ तर डोटीको आदर्श गाउँपालिकाको एक वडाले चौबिसै घण्टा सेवा दिइरहेको पाइएको छ ।
अन्य वडा कार्यालयमा कर्मचारी समयमा नआएर सेवाग्राहीलाई सास्ती पाइरहेको समचार सुनिरहदा डोटीको आदर्श गाउँ पालिका वडा नं. ६ ले भने आप्mना नागरिकलाई चौबिसै घण्टा सेवा दिने गरेको पाइएको हो ।
आदर्श गाउँपालिकाकै विकट मानिने ६ नं. वडा कार्यालयले त्यहाँका नागरिकलाई आबश्यक परेको समयमा जुनसुकै समयमा कार्यालयले सेवा दिने गरेको वडाका सचिव श्याम सिंह धामीले बताए । सचिव धामीका अनुसार दुरीको हिसावले ६ नं. वडा निकै दुर्गम भएको र पालिका तथा जिल्ला प्रशासन लगायत अन्य कार्यालय जान बिहानै जानू पर्ने भएकोले पनि सेवाग्राही कार्यालय बिहानै पुग्ने गरेको बताए । वडा कार्यालयले आफ्नो आवासको ब्यबस्था वडा कार्यालयमा नै ब्यवस्था गरिदिएकोले पनि जतिबेला सेवाग्राही आएपनि सेवा दिन सहज भएको बताए ।
दोस्रो कार्यकालको जिम्मेवारी समालिरहेका वडा अध्यक्ष लाल बहादुर खडायतले आफ्नो वडाले चार बर्ष देखि नै सेवा ग्राहीलाई चौबिसै घण्टा सेवा दिइरहेको बताए । अध्यक्ष खडायतका अनुसार आदर्श गाउँ पालिका कै भौगोलिक हिसाबले विकट वडा भएको र सेवाग्राहिले थप सेवा लिन धेरै टाढा जानू पर्ने भएकोले बिहानै देखि सेवा दिन थालिएको बताए ।

वडा अध्यक्ष लाल बहादुर खडायत
स्थानिय नागरिकले पनि वडाले सबै सेवाग्राहीलाई परेको बेला जुनसुकै समयमा सेवा दिने गरेको बताएका छन् । स्थानिय पदम खडायतले वडाले धेरै पहिले देखि नै वडाको नागरिकलाई चौबिसै घण्टा सेवा दिने गरेको बताए । वडाले यस्तो सेवा दिदा यहाँका नागरिकलाई बिहान गाउँपालिका तथा जिल्ला स्थित सरकारी कार्यालय पुगेर साँझ घर फर्किन सहज भएको बताए ।

You might also like